खेलकुद देश

साइक्लिङमा नेपाललाई दुई स्वर्ण, स्वर्ण संख्या २७ पुग्यो

काठमाडौं, मंसिर १८–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । बुधबार भएको प्रतिस्पर्धामा नेपालका पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितका हुन् ।

योसँगै नेपालको स्वर्ण संख्या २७ पुगेको छ । मंगलबारसम्म २३ स्वर्ण जितेको नेपालले बुधबार थप ४ स्वर्ण पदक जितेको हो । नेपालले बुधबार कराँते र उसुतर्फ एक एक स्वर्ण पदक जितेको थियो । यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक हात पारेका छन् ।

Featured