खेलकुद देश

नेपाललाई उसु र करातेमा थप दुई स्वर्ण

काठमाडौं, मंसिर १८–दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदकको अग्रस्थानमा रहेको नेपालले बुधबार थप दुई स्वर्ण पदक जितेको छ । प्रतियोगिता अन्तर्गत उसुको थाउलो नानगुनमा दिपक हमालले नेपाललाई स्वर्ण पदक दिलाए । आर्मी कभर्डहलमा भएको खेलमा हमालले १९.३२ अंक ल्याएर स्वर्ण पदक हात पारे । भारतका साजन लामाले रजत पदक हासिल गरेका छन्, भने बंगलादेशका अमीर हुसेनले कास्य पदक हात पारेका छन् ।

यस्तै बुधबार बिहानै भएको करातेमा पनि नेपालले स्वर्ण जितेको छ । महिला ६८ किलोमाथिेको कुमुतेमा नेपालकी अनुपमा मगरले नेपालका लागि स्वर्ण दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गराइन् । पाकिस्तानी खेलाडि नार्गिसले यसअघि भएको एसियन गेम्समा कास्य पदक जितेकी थिइन् । स्वर्णकी दाबेदार मानिएकी नार्गिसलाई अनुपमाले सहजै हराएकि छन् । श्रीलंका र बंगलादेशले कास्य पदक जितेका छन् । यस्तै पुरुष कराते ५० केजीमा नेपालका सोनाम लामाले कास्य पदक जितेका छन् । पुरुषतर्फ पाकिस्तानले स्वर्ण र श्रीलंकाले रजत जितेका छन् । बंगलादेशले पनि कास्य पदक हात पारेको छ ।

Featured