खेलकुद देश

महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित

पोखरा, मंसिर १८–१३औं साग अन्तर्गत महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखमामा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ५० रनमात्रै बनाएको थियो । बंगलादेशले ५१ रनको झिनो लक्ष्य ७.४ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

बंगलादेशको जितमा मुर्सिदा खातुनले २१ र आयशा रहमानले १७ रनको योगदान गरिन् । पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्यो । पहिलो ओभरबाट विकेट गुमाउन थालेको नेपाल १९.२ ओभरमा अलआउट हुँदै ५० रन जोड्यो ।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता रानामगरले १२ बलमा तीन रन मात्रै बनाइन् । त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाएपनि अन्य कसैले दोहोरो अंक जोड्न सकेनन् । बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् । पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराएको थियो ।

Featured