देश

मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट डिजेल नेपाल आइपुग्यो

काठमाडौं साउन ०३, भारत–नेपाल सहज तेल आपूर्तिका लागि तयार गरिएको मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट तेल आपूर्ती शुरु भएको छ ।औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएपछि यसको सुरुवात भएको हो ।बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ ।निगमका अनुसार भारतको पटनाबाट बिहान विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको थियो ।
पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार बिहान करिब ८ः३० बजेमात्र आइपुगेको छ ।नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ ।स्रोतका अनुसार अहिले तेल भण्डारण गरिदै छ । शुक्रबारनै तेलको परिक्षण गर्ने कार्यक्रम रहेकाले पाइपबाट तेल आउने बित्तिकै तेलको स्याम्पलिङसमेत लिइसकेको अमलेखगन्ज डिपोका सहायक प्रबन्धक चित्र महतले जानकारी दिएका छन् ।यो परीक्षण सफल भएपछि उद्घाटनका लागि तयार हुने अमलेखगन्ज डिपोले बताएको छ ।