देश

विद्यार्थीलाइ कुटपिट गरेको आरोपमा बिरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी

साउन ०३ चितवन, चितवनको भरतपुरमा रहेको बिरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कै निर्देशनमा बिधार्थी नेता मिलन भट्टराईलाइ आक्रमण गरेको घटनालाइ लिएर बिद्यार्थी आक्रोशित बनेका छन् ।उनीहरुले आज बिहान क्याम्पसमा आगजनी गरेका छन् ।क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सि, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो ।यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो । सो क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेको बताइएको छ ।यसैबीच अनेरास्ववियुका अध्यक्ष लीलाराम पौडेल तथा अखिल क्रान्तिकारीका अध्यक्ष अंकित दवाडीद्वारा हस्ताक्षरित एक प्रेस बिज्ञप्तिमा घटनाको निन्दा गर्दै घटनामा संलग्नलाइ कानुन अनुसार कडा कारबाहीको माग गरिएको छ ।साथै आक्रमण गर्नेलाई कारबाही नहुन्च्जेल क्याम्पस प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।