देश

ठगी आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं, साउन ३-विभिन्न प्रलोभनमा पारी युरोप पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखा काठमाडौँले चितवन रत्ननगर नगरपालिका-४ देवौली घर भई हाल धापासी बस्दै आएका ३१ वर्षीय नबिन कुमार चौधरीलाई मंगलबार साँझ पक्राउ गरेको छ।

चौधरीले विभिन्न व्यक्तिहरुलाई युरोप पठाइदिन्छु भनी विभिन्न मितिमा संकलन गरिएको ५१ लाख ५० हजार रुपैयाँ लिई ती व्यक्तिहरुलाई काठमाडौं हुँदै भारतसम्म पुर्‍याई अलपत्र पारी सम्पर्कविहिन भएकोमा महानगरीय अपराध महाशाखाले  उक्त व्यक्तिलाई विभिन्न ठाउँमा खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका-६ बाट पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा काठमाडौँले चौधरीलाई पक्राउ गरी आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ।