काठमाडौं, साउन ३-आर्थिक वर्ष २०७५–२०७६ मा नेपाल बाट बैदेशिक शिक्षाको लागि नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ।
सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दै गएको दाबी गरेता पनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा ५ हजार विद्यार्थीको संख्या बढेको हो।
वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङक अनुसार गत वर्ष अष्ट्रेलियामा पढ्न जानको लागि नो अब्जेक्सन लिने विद्यार्थीको संख्यामा धेरै वृद्धि भएको छ।
वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङक अनुसार असार मसान्त सम्म मात्र अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ। अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशतले बढी रहेको छ।
अष्ट्रेलियमा अध्ययन संगै रोजगारीको अवसर पाउने भएपछि विद्यार्थीको संख्यामा पनि वृद्धि भएको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस