देश

कालिमाटी तरकारी बजारमा बिषादी परिक्षण तरकारी तथा फलफुलक खान योग रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धारणा

काठमाडौँ, साउन २-कालिमाटी तरकारी तथा फलफूल बजारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलोपटक विषादी परीक्षण गरेको छ। बिषादी परीक्षण गरिएको कुनै पनि तरकारी खान अयोग्य नभेटिएको विभागले जनाएको छ।

गत शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटीमा भित्रिने तरकारीको नमूणा संकलन गरी त्यसमा के कति मात्रामा विषादी प्रयोग गरिएको छ परीक्षण गरि प्रतिवेदन बुझाउन विभागलाई निर्देशन दिएका थिए। विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा पनि तोकेको मापदण्ड भित्रै विषादी  प्रयोग गरेको पाईएको र उक्त तरकरी खान योग रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

संकलन गरिएको सबै उत्पादनमा सरकारले तोकेको मापदण्ड भित्रैको विषादी प्रयोग भएको पाइएको उनले बताए।