विदेश

जापानको एक एनिमेसन स्टुडियोमा संदिग्ध हमला, २४ जनाको मृत्यु

क्योटो, ऐजेन्सी, साउन २-जापानको क्योटो शहरमा रहेको एक एनिमेसन स्टुडियोमा बिहीबार संदिग्ध हमला हुँदा त्यहाँ कार्यरत २४ जना  कर्मचारीहरुको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएका छन्।

प्रहरीले सो एनिमेसन स्टुडियोमा योजनाबद्ध रुपमा हमला गरिएको जनाएको छ। प्रहरीले उक्त हमलाको कारण अझै पत्ता लागि नसकेको जानकारी दिएको छ।

उक्त स्टुडियोमा हमला भइरहेको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने एक अधिकारीहरुले जानकारी दिएका छन्।

उक्त हमलामा परि एनिमेसन स्टुडियोको ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ। गम्भीर अवस्थामा उद्धार गरिएको उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। कम्पनीमा करिब ७० जना कार्यरत रहेको बताइएको छ।

उक्त घटनमा संलग्न रहेको शंकामा प्रहरीले एक अधवैंशे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ। उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

 

Featured