देश

आदिवासी जनजातिद्वारा लोक सेवा बिज्ञापन खारेज गर्न माग

काठमाडौँ, साउन २-मंगलबार सर्वोच्च अदालतले लोककसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापनलाई वैधानिकता दिए पछि आदिवासी जनजाति महासंघ लगायत अरु संघसंस्थाहरुले उक्त विज्ञापन खारेजीको माग गर्दै लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

आदिवासी जनजाति महासंघ लगायत अरु संघसंस्थाहरुले उक्त विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन्।

आयोगले जेठ १५ मा ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि विज्ञापन निकालेको थियो। आयोगले निकालेको उक्त बिज्ञापनको परिक्षा आउन एक दिन बाँकी रहेको अवस्थामा त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पनि लोकसेवाको उक्त विज्ञापन समावेशी नभएको भनी रद्द गर्न लोकसेवा आयोगलाई निर्देशन समेत दिएको थियो।

Featured