विदेश

मुम्बईको डोङ्ग्री नगरमा पुरानो घर भत्किँदा १४ जनाको मृत्यु

मुम्बई, एएनआई, साउन १- मंगलबार बिहान ११ बजे मुम्बईको डोङ्ग्री नगरमा चार तल्ले भवन भत्किँदा १४ जनाको मृत्यु हुनुका साथै नौ जना समेत घाइते भएको  प्रहरीले जनाएको छ।

प्रहरीको खोज तथा उद्धार केन्द्रले उक्त भवनमा अरु पनि मानिस च्यापिएर रहेको हुन सक्ने भनी कुकुरको सहायताले खोजी कार्य तीब्र गरिरेहेको जानकारी दिएको छ।

उक्त दुखद घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले दुःख व्यक्त गरेका छन्।

मुम्बईमा यस्ता पुराना भवनहरु भत्किएर बर्षेनी ठूलो मानविय क्षति हुने गरेको छ।

Featured