देश

पेन गन सहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा १ जना पक्राउ

काठमाडौँ, साउन १-दिन दिनै बढ्दै गईरहेको अपराधिक घटनाहरुमा पछिल्लो समय कास्की जिल्ला प्रहरी कडा रुपमा प्रस्तुत भइरहेको छ। जसको परिणाम स्वरूप कास्कीमा प्रहरीले पेन गन सहित १ जनालाई  पक्राउ गरेका छन। पक्राउ पर्नेमा पोखरा कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन।

असार २९ गते पेन गन सहित पक्राउ परेका रानाभाटलाई थप अनुसन्धान गरी श्रावण १ गते प्रहरीले एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

विशेष सूचनाको आधारमा पक्राउ परेका सागर रानाभाटका साथबाट लागुऔषध सहित पेन गन र त्यसमा लाग्ने सात थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ।

पेन गन सहित पक्राउ परेका सागर रानाभाट माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Featured