देश

बाढी पीडितहरु माथि प्रदेशसभा सदस्य र वडा अध्यक्षले दुर्व्यवहार गरेको आरोप

काठमाडौँ, साउन १–समाजवादी पार्टी नेपालका प्रदेश २ का प्रदेशसभा सदस्य राम आषिश यादव र उनका भाइ वडा अध्यक्ष प्रमेश्वर यादव माथि बाढी पीडितहरुलाई हातपात गरेको आरोप लागेको छ। राहत तथा उद्धारका विषयमा कुराकानी गर्न जाँदा यस्तो घटना घटेको हो।

बाढी पीडितहरुले अहिले सम्म कुनै पनि राहत र सहयोग नपाएपछि आफ्नो कुरा राख्न भनेर वडा अध्यक्ष प्रमेश्वर यादवको घर पुगको थिए। बाढी पीडितहरुले प्रदेश सांसद र वडा अध्यक्षको विरोधमा नारावाजी गर्न लाग्दा हातपात गरेको पिडितहरुले बताएका छन्।

अध्यक्ष यादवले योग शिविर सञ्चालन भइरहेको बेला एक युवाहरुको समूहले अनावश्यक नारा लगाए पछि शिविरमा आएका व्यक्तिहरुले कुटपिट गरेको वडा  दावी गरेका छन्।

वडा अध्यक्ष प्रमेश्वर यादव भने, ‘बाढी सबैतिर आएको छ, बसेर कुरा गरौं भन्दा उनीहरुले कुरै गर्न अघि सरेनन, उल्टै हो हल्ला र हुलदंगा गर्न थालेपछि शिविरमा आएका केहि व्यक्तिहरुले हापात गरेका हुन्।’ यस घटनामा आफू र प्रदेशसभा सदस्यको कुनै पनि संलग्नता नरहेको बताए।

वडा अध्यक्ष प्रमेश्वर यादव भने अनावश्यक रुपमा यो बिषयलाई ठुलो बनाउन खोजिएको र आफु र प्रदेशसभा सांसदलाई फसाउन खोजिएको आरोप समेत लगाए।