देश

तलब लिन अब अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने

काठमाडौँ, साउन १ नयाँ आर्थिक बर्षको सुरुवात संगै तलब लिन अब सरकारले प्यान कार्ड अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था बमोजिम अब कुनै पनि प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन।

सरकारले कुनै पनि कर्मचारीलाई तलब दिँदा बैङ्क खातामार्फत् तलब दिनुपर्ने भएकाले कुनै पनि प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायलाई प्यान अनिवार्य भएको हो।

प्यान कार्ड नलिएकाहरुले एक हजार रुपैयाँभन्दा माथिको तलब बैंकबाट लिनुपर्ने अनिवार्यता हुनेछ। एक हजार भन्दा कम तलब लिंदा मात्र नगद कारोवार गर्न पाउनेछ।

प्यान यसरी लिन सकिन्छ:

१. आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्।

२. होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस् र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस्।

३. User Name मा आफूले  सजिलो र सम्झन सकिने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्समा आफुले सुरुमा राखेको password लाई Re password मा राख्नुहोस्। आफ्नो सम्पर्क नम्बर र Email राख्नुहोस्। कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो को ठेगाना IRO नम्बरमा खुलाउनुहोस्। त्यसपछि Ok बटनमा थिच्नुहोस्।

४. सम्पूर्ण प्रकिया सकेपछि अब तपाईको व्यक्तिगत विवरण माग्दछ। सो अनुसार तपाई आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र त्यसलाई Submit गर्नुहोस्।

५. Submit गरिसकेपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस्।

६. उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस्।

७. राजश्व कार्यालयले तपाईको सम्पूर्ण विवरण जाँच गरेर Pan कार्ड दिनेछ। प्यान कार्ड लिन कुनै शुल्क तिर्नु पर्दैन। यो सम्पूर्णलाई नि:शुल्क रहनेछ।

Featured