बैतडी, असार ३१ अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ सौन्दर्य प्रतियोगितामा बैतडीकी मिराकल चन्दले प्रतिस्पर्धामा गर्दैछिन् जसमा चन्दले अग्रता लिइरहेकी हुन्।
मिराकलले प्रतियोगितामा आफुलाई अहिले सम्म अव्वल सावित गर्दै आएकी छिन्। उनले सबै नेपालीलाई मन देखि भोट दिएर आफुलाई यो प्रतियोगिता जिताउन सबैमा आग्रह समेत गरेकी छिन्। अनलाइनको माध्यम बाट हुने भोटिङमा एक जनाले एक दिनमा एक भोट मात्र गर्न मिल्ने नियम छ। भोटिङ आगामी जुलाइ २० तारिक सम्म गर्न सकिने छ।
अनलाइन भोटिङ सकिए पछि जुलाई २१ का दिन मिस फिलिपिन्स युएसएको घोषणा हुनेछ।
प्रतिक्रिया दिनुहोस