काठमाडौँ, असार ३१ नेपाल प्रहरीले काठमाडौं महानगरपालिका-२९ मैतीदेवीस्थित घट्टेकुलोबाट रातो पाण्डाको छाला २ थान सहित ३ जनालाई सोमबार साँझ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका का ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका-५ का २१ वर्षीय निमा दावा तामाङ र हाल ललितपुर धापाखेल बस्ने ट्याक्सी चालक रामेछाप सुनापाती गाउँपालिका-२ का २६ वर्षीय अनुप खपाङ्गी मगर रहेका छन्।
महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा.२ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला परेपछि ट्याक्सीमा सवार निमा गोलु, निमा दावा र ट्याक्सी चालक अनुपलाई नियन्त्रणमा लिई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकोछ छ।
प्रतिक्रिया दिनुहोस