देश

ईलाममा अवैध हातहतियार सहित २ जना पक्राउ

ईलाम, असार ३१- ईलाम नगरपालिका-३ र सन्दकपुर गाउँपालिका-१ बस्ने ३५ वर्षीय राम कुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई अवैध बन्दुक लुकाई राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

ईलाम नगरपालिका-३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले सोमबार पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ।