देश राजनीति

मधेशी आयोगका अध्यक्षद्वारा बाढी पिडितहरुका लागि ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा

काठमाडौँ, असार ३१ केहि दिन देखि अविरल वर्षाका कारण देशभर भएको डुबान तथा बाढीको कारणले गर्दा तराईमा त्यहाँको बासिन्दाले कष्टकर जीवन बिताउन बाध्य भएका छन्।

उक्त कुरालाई मध्यनजर गर्दै मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा बाढीपीडितहरुको लागि सहयोग स्वरूप आफ्नो पाँच दिन बराबरको तलब दिने घोषणा गरेका छन्।

आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा आयोगका अध्यक्षको ५ दिन बराबर, सचिव को ३ दिन, उपसचिव को २ दिन तथा शाखा अधिकृत र नायबसुब्बा को १–१ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेको हो।

प्रेस विज्ञप्तिमा केहि दिन देखि अविरल वर्षा का कारण देशभर भएको डुबान र यसबाट उत्पन्न भएको मानवीय संकट, यसबाट भयको क्षति प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको डा. विजय कुमार दत्तले जनाएको छ।

डा. विजय कुमार दत्तले केहि दिण अगाडी विज्ञप्ति गर्दै सबै सरोकारवाला तथा सम्बन्धित निकायलाई यस्तो संकटको बेला सहयोग गर्न समेत सबैमा आग्रह गरेको थियो।