देश

चितवनमा ७० वर्षिया नुर्जाहा खातुन ४३ केजी चरेस सहित पक्राउ

काठमाडौं, रासस, असार ३१-भारत मोतिहारी घर भई हाल  चितवनमा बस्दै आइरेहेकी ७० वर्षिया नुर्जाहा खातुन लागुऔषध चरेस सहित चितवनमा पक्राउ परेकी छिन्।

इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको टोलीले गए राति ८:२० बजे चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिएका छन्।

खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले बताए।