मनोरंजन

बिन्दास र बोल्ड छबि अब चाँहिदैन: माही गिल

काठमाडौं, असार ३१। २१ औं शताब्दीको अहिलेको बलिउड फिल्ममा थुप्रै बिन्दास र बोल्ड अन्दाजका महिला कलाकारहरु छन्। त्यस मध्ये बलिउड फिल्ममा बिन्दास र बोल्ड महिला कलाकारको रुपमा आफुलाई स्थापित गर्न सफल कलाकार हुन् माही गिल।

अभिनेत्री माही गिलले फिल्ममा आफु निकै नै बिन्दास र बोल्ड अन्दाजका भएता पनि वास्तविक जीवनमा धेरै नै लजालु र निडर महिला भएको बताउँछिन्।

उनी भन्छिन्, ‘यदि फिल्ममा कुनै सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ। यसका साथै यदि कुनै वेश्या वा रक्सी हातमा लिने महिलाको भूमिका छ भने मलाई याद गरिन्छ।’ यसैले म यस्तो अभिनय गर्दा गर्दै थाकी सकेको र अब केहि नयाँ गर्ने सोचमा रहेको बताईन।