देश

इन्टरपोलको मोस्ट वान्टेडको सूचीमा रहेका अभियुक्त गोंगबु बाट पक्राउ

काठमाडौं, असार ३० इन्टरपोलको मोस्ट वान्टेडमा सूचीकृत विद्युतीय कारोबार ऐनका एक फरार अभियुक्तलाई शनिवार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई रहेको छ।

इन्टरपोल दोहा कतारको बोर्डर इमिग्रेसन रेकर्डअनुसार कतारमा रहेको गुरुङ २६ असारमा नेपाल आएका थिए बेला अनुसन्धान गर्ने क्रममा गोंगबुको मित्रनगर बाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गुरुङले एक महिलालाई पटक पटक अश्लील म्यासेज लेखेर पठाएको र उक्त हर्कत नगर्न बारम्बार अनुरोध गर्दा पनि उल्टै महिलालाई इमोमार्फत अपशब्द र धम्की दिने क्रमलाई नरोकेपछि विद्युतीय कारोबार ऐन अन्तर्गतको वैशाखमा ८ महिलाले प्रहरीमा उजुरी दिएको थियो।

प्रहरीले उक्त उजुरीको आधारमा इन्टरपोल महासचिवालयलाई डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेपछि १७ जेठमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो। काठमाडौं प्रहरीले पक्राउ परेका गुरुङविरुद्ध अनुसन्धान गर्ने जनाइएको छ।