देश राजनीति

कांग्रेस नेता महर्जनद्वारा ललितपुरका पीडितलाई सहयोग गर्न सरकार समक्ष अपील

ललितपुर, असार ३० नेपाली कांग्रेस ललितपुरका महासमिति सदस्य एवम् युवाहरुको ढुकढुकी मीनकृष्ण महर्जनले बाढी, पहिरो तथा प्राकृतिक बिपत्तिका कारण दक्षिण ललितपुरको विभिन्न ठाउँमा ६ जनाको ज्यान गएकोमा गहिरो दुःख व्यक्त गरेका छन्।

महर्जनले आइतबार एक विज्ञप्ति जारी गरेर बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका आफन्तलाई प्रतिपरिवार कम्तीमा दश लाखका दरले सरकार संग राहतको माग गरेका छन्। ‘नेपाली कांग्रेस ललितपुरले सरकारसँग मृतकका परिवारलाई कम्तिमा प्रतिपरिवार दश लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछु’, उनले भनेका छन्, ‘साथै मृतकको आत्माको चीर शान्तिको निम्ति गहिरो प्रार्थना गर्दछु।’

महर्जनले जारी विज्ञप्तिमा भनेका छन्, ‘ललितपुर क्षेत्र नम्बर १ का जनप्रतिनिधि लगायत नेपाली कांग्रेसका सबै तह र तप्काका ललितपुर तरुण दल, विद्यार्थी संघ र महिला संघ साथीहरूमा समेत साथ र सहयोग गर्न हार्दिक अपील गर्दछु।’

ललितपुर कांग्रेसका युवा नेता महर्जनले ०७२ सालमा गएको भूकम्पमा प्रत्यक गाउँ–गाउँमा पुगेर पुगेर लत्ता, कपडा, जस्ता, पाल र खाद्यन्न तथा अरु अत्यावश्यक सामानहरुको वितरण गरेका थिए।