देश

नयाँ बसपार्कबाट तीन जना पेस्तोल सहित पक्राउ

काठमाडौं, असार २९ महानगरीय प्रहरी कार्यालय रानी पोखरीले काठमाडौँको नयाँ बसपार्कबाट तीन जनालाई पेस्तोल सहित पक्राउ गरको छ। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ का २९ बर्षिय प्रितम राई, ३७ बर्षिय राम कुमार राई र भारत दार्जिलिङ घर भई हाल काठमाण्डौको टोखामा बस्दै आएका ३६ बर्षिय सविन खवास रहेका छन्।

पक्राउ परेका अभियुक्तहरुको साथ बाट अटोमेटिक पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसमेत बरामद गरेको छ। पक्राउ परेका अभियुक्तका साथबाट २२० सीसीको बा ६७ प २६६६ र बा ९९ प १३०३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रहरीले जनाएको छ।