खेलकुद

मलेसिया विरुद्धको दुई टी-२० सिरिज नेपालद्वारा क्लिन स्विप

काठमाडौँ, असार २९  नेपालले मलेसियाविरुद्धको ६ रनको रोमान्चक जीत निकाल्दै पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरीज माथि क्लीन स्वीप गरेको छ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसिया माथि ७ विकटको जित हात पारेको थियो। किनारा ओभल क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले १ सय ६७ रन मात्र बनाउन सक्यो।

हारमा पनि मलेसियाले नेपालसामु बलियो चुनौती पेस गरेको थियो। अन्तिम ओभरमा मलेसियालाई जितका लागि १४ रन आवश्यक थियो। मलेसियाले २० ओभर उपयोग गरेर ७ विकेट गुमाएको थियो। त्यसमा सोमपाल कामीले दुई र सन्दीप लामिछानेले दुई विकेट लिए।

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै १ सय ७३ रन बनाएको थियो। किनरारा ओभल मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आजको खेलमा कप्तान पारससँग युवा ब्याट्सम्यान पवन सर्राफले ओपनिङ गरेका थिए। यो जोडीले ३४ रनको साझेदारी गरेको थियो। पाँचौं ओभरमा पवन १० रनको स्कोरमा रनआउटको सिकार भए।

छैटौं ओभरको दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस क्रमसः ७ र २३ रनमा आउट भएपछि नेपाल ४२–३ को कठिन स्थितिमा पुगेको थियो।यू–१९ कप्तान रोहितकुमार पौडेल र अनुभवी शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको ठोष साझेदारी गरेपछि नेपालको पारी उकासियो । रोहित २३ बलमा १९ रन बनाएर आउट भए ।

त्यसपछि आएका विनोद भण्डारीसँग मिलेर शरदले थप २९ रनको साझेदारी गरे। शरद २८ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाएर आउट भए।विनोदले करण केसीसँग मिलेर ३३ रनको साझेदारी गरेका थिए। करणले १० बलमा १ चौका र १ छक्कासहित १६ रन जोडे। विनोदले सोमपाल कामीसँग सातौं विकेटका लागि २३ रनको अविजित साझेदारी गरेका थिए।

Featured