देश

बाढी, पहिरोमा ज्यान गुमाउनेहरुको सम्झनामा नेपाली टोली भोलि कालो पट्टि बाँधेर मैदानमा उत्रने

काठमाडौं, असार २८। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको दोश्रो ट्वान्टी ट्वान्टी खेलका क्रममा कालो पट्टि बाँधेर खेल्ने भएको छ।बाढी, पहिरोका कारण ज्यान गुमाउनेहरुको सम्झनामा नेपाली टोलीले कालो पट्टि बाँधेर खेल्ने भएकोे हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मलेसियामा नेपाली केही मिडिया सँग कुरा गर्दै भने, ‘नेपालमा लगातार परेको वर्षाका कारण धेरै जनधनको क्षेती भएकाले हामीहरुले भोलीको खेलमा कालो पट्टि बाँधेर खेल्ने निर्णय लिएका छौं।’

त्यस्तै बाढी, पहिरोमा ज्यान गुमाउनेहरुको सम्झनामा नेपाली टोलीले खेल अघि एक मिनेट मौनधारण गर्न लागेको पनि कप्तान खड्काले जनाए।

देशको विभिन्न भागमा आएको बाढीका कारण २७ जनाले ज्यान गुमाएका छन् भने धेरै जना बेपत्ता भएका छन्।

Featured