देश

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख ४ लाख घूस सहित पक्राउ

सुर्खेत, असार २७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामालाई आफ्नै कार्यालय बाट शुक्रबार ४ लाख रुपैयाँ घूस सहित रंगेहात पक्राउ गरेका छन्।
अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले लामालाई कार्यकक्षबाटै पक्राउ गरिएको जानकारी दिए। प्रवक्ता कोइरालाले घटनाबारे आवश्यक अनुसन्धान गर्दै गरेको जानकारी पनि दिए। लामा छुटपूर्जीको म्याद थप गराउने बहानामा पक्राउ परेका हुन्।