देश

यतिको जहाज चिप्लिए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, असार २७

यति एयरको एनवाइटी-४२२ जहाज नेपालगञ्जबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए।

विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजमा सवार दुई यात्रु सामान्य घाइते भएका थिए भने अरूलाई सकुशल उद्धार गरिएको थियो।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।