शिक्षा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया प्रति केसीको आपत्ति

Dr. Govinda KC Photo: THT File

काठमाडौं, असार २६ चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ चिकित्सक गोविन्द केसीले उक्त नियुक्ति प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन्। योग्य तथा सही मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी आयोगको उपाध्यक्ष छनौट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग उनले माग गरेका हुन्।

केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यता तथा कार्य क्षमता प्रमाणित भइसकेको व्यक्तिलाई नियुक्ति नगरे सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्।

बिहिवार एक पत्रकार सम्मेलन गरी वरिष्ठ चिकित्सक केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आम नागरिक हक अधिकारलाई कुण्ठित गर्ने र आम नागरिकको मुख थुन्ने गरी आएको हुँदा तत्काल यसको खारेजीको माग गर्दै सरकारलाई दवाव दिए।

Featured