मनोरंजन विदेश

धेरै कमाउने सेलिब्रिटीको सूचीमा टेलर स्विफ्ट अगाडी

काठमाडौं, असार २६ यस बर्ष संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटीको सूचीमा पप गायिका टेलर स्विफ्ट परेकी छिन्। फेर्ब्स म्यागेजिनले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा रहेको छ।

१८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा २९ वर्षे गायिका परेकी हुन्। उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् ।

यस्तै, तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन्।

सन् २०१८ को रेप्युटेशन टुर पश्चात् आर्जन गरेको सम्पतिले उनलाई शीर्ष स्थानमा पुर्याएको बताइन्छ। उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने टुरको संज्ञा दिएको छ।

Featured