मनोरंजन

शिवहरी पौडेललेको ‘लक्का जवान’मा प्रियंका कार्की

काठमाडौं, असार २६ पछिल्लो समय आफ्नो कुनै पनि फिल्मले खासै राम्रो व्यवसाय नगरेता पनि प्रियंका कार्कीको हातमा फिल्मको कमी भने भएको छैन।

हाँस्यकलाकार शिवहरी पौडेलले बनाउन लागेको फिल्म ‘लक्का जवान’मा पनि प्रियंका देखिने भएकी छन्। फिल्म युनिटले बुधबार प्रियंकासँग यसको लागि सम्झौता गरेको जनाएको छ।

अभिनेता तथा निर्माता किरण केसीको जन्मदिनको दिन यो कुराको खुलासा गरेको हो। फिल्ममा अभिनेता दीलिप रायमाझी सहनिर्माताको रुपमा रहने छन्।

यस फिल्मको मुख्य भुमिकामा दीलिपकी छोरी दिव्या रायमाझी रहने चर्चा चलेको छ। कलाकार शिवहरी यस फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै छन्। आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव र अनुसुया पन्त पनि निर्माताको रुपमा रहेका छन्।

Featured