मनोरंजन

गलबन्दी गीतका गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ को ब्राण्ड एम्बेस्डर

काठमाडौं, असार २५, गलबन्दी गीतका लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन्। बिगत दुईबर्ष देखि बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो।

एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता भएको  बताए छन्। ‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो।’ प्रकाशले कार्यक्रममा भने । ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेशमा छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो।’

डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे। केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन्।

Featured