NRNA खबर देश विदेश साहित्य

रसियन बिज्ञान तथा संस्कृति संस्थामा ‘Elysian’ नामक चित्रकला प्रदर्शनी

रसियन बिज्ञान तथा संस्कृति संस्था र नेपाल रुस आर्ट क्लबको संयुक्त आयोजनामा न्यू समिट कलेजको सहभागितामा ‘Elysian’ नामक चित्रकला आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य अतिथि, नेपाल फाइन आर्टका सचिव बिपिन कुमार घिमिरेले प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो। रूसी विज्ञान तथा संस्कृति केन्द्रका प्रतिनिधिले शुभकामना सन्देश र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान चित्रकला विभागकी प्रमुख सुष्मा राजभण्डारी ले न्यू समित कलेजका विद्यार्थीहरूलाई प्रदर्शनीको सफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभएको थियो। यस्तै गरी, न्यू समिट कलेजका प्रध्यानाध्यापक डा शिव दत्ताले प्रदर्शनीलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भयो। कार्यक्रमका सहयोगी संघ संगठनहरू र अतिथि कलाकारहरूको उपस्थिति पनि देखिन्थ्यो। प्रदर्शनीको सबैले भरपुर आनन्द उठाएका थिए। प्रदर्शनीको मुख्य आकर्षण भन्नु नै, कलाकारहरूले ब्रशको माध्यम बाट कला संस्कृतिको प्रस्तुति गरिएको थियो।
रसियन बिज्ञान तथा संस्कृति संस्था र नेपाल रुस आर्ट क्लब बीच लामो समय देखि घनिष्ट तथा फलदायी सम्बन्ध रही आएको छ। हामीले संयुक्त रुपमा नेपाली कलाकारहरूको प्रतिभालाई बढावाका साथै प्रोत्साहन यस्तो कार्यक्रमको आयोजना गरेका छौं। नेपाल र रूस दुवै आफ्नो कला र संस्कृतिमा धेरै धनी छन्। हामी सधै यस्तो प्रतिभालाई समर्थन गर्न र संरक्षण गर्न सहयोग सधै प्रतिबद्ध रहने छौँ।

स्रोत: रसियन बिज्ञान तथा संस्कृति संस्थाको फेसबुक बाट।

Featured