देश राजनीति

भोजपुरमा विप्लव कार्यकर्ताको र प्रहरी बीच दोहोरो भिडन्त, दुवै तर्फ बाट एक एक जनाको मृत्यु

काठमाडौँ, असार २५ भोजपुरको सदरमुकाम नजिकै प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरी बीच बुधबार बिहान ८ बजे दोहोरो भिडन्त हुँदा गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ। बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो।

उक्त घटनामा प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको प्रहरी महानिरिक्षक कार्यालयका एसपी रमेश थापाले जानकारी दिए। भिडन्तमा विपल्व समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको पनि मृत्यु एसपी रमेश थापाले जानकारी दिए।

एसपी रमेश थापाका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो। प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।

प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।