राजनीति

गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्रतिपक्षद्वारा संसद बैठक अवरुद्ध।

काठमाडौँ, असार २४ पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै काँग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन्।

गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पारेका थिए। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताएका हुन्।

विप्लव समूहका कार्यकर्ताले सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासो पछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समूह र विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको बताएका थिए।

सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरि बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन्।

Featured