खेलकुद

एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि जित्दै नेपाल युवा एशिया कपको लागि छनौट।

काठमाडौँ, असार २४ नेपालले फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि जितेको छ। जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने युवा एशिया कपको लागि समेत छनौट भएको छ। जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

हङकङले नेपालसामु जीतका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले उक्त प्रस्तुत लक्ष्य मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो। नेपालको जितमा ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए। उनले यसक्रममा ५ चौका र एक छक्का प्रहार गरे।

त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए। भीम सार्की ८ रन बनाउँदै नटआउट रहे। यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

पहिलो ब्याटिङ गर्न उत्रेको हङकङ ४३.१ ओभरमा मात्र ९५ रन मा समेटियो। हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए। हङकङलाई सस्तैमा समेट्न क्रममा १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए। त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए। कुशल मल्ल र तिलक राज भण्डारी ११ विकेट लिए।

Featured