देश

प्रहरी प्रभागको हिरासतको रेलिंग तोडेर तीन कैदी फरार

काठमाण्डौ, असार २४।

भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको रेलिंग तोडेर तीन कैदी भागेका छन्। सोमबार राति प्रहरी प्रभागको रेलिंग तोडेर भाग्नेमा चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन्।

ललितपुर प्रहरीका अनुसार रेलिंग तोडेर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ। साथै काठमाडौं उपत्यकाको सुरक्षा व्यबस्तामा पनि कडी गरेको छ।

फरार अभियुक्तको ललितपुर प्रहरीद्वारा परिचय खुलाइएको छैन्।