NRNA खबर

शेरबहादुर सुनारद्वारा एनआरएन बेलायतको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा।

लण्डन, असार २३। आगामी सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ (एनआरएन ) बेलायतको निर्वाचनको लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष शेरबहादुर सुनारले अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

आइतबार बेलायतको अल्डरसटमा घोषणासभा आयोजना गरी सुनारले आफ्नो उम्मेदवारी औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।

एनआरएन यूकेको अघिल्लो कार्यसमितिमा उपाध्यक्षमा पदमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुनु भएका सुनारले त्यसअघि बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा काम गरी सकेका थिए। सिर्जनशिल नेपाली समाज यूके र गोर्खाज इन्टेक १९८५ का संस्थापक अध्यक्ष समेत रहेका उनले अरु आधा दर्जन भन्दा बढि संस्थामा महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेका छन्।

बेलायती सेनामा १८ वर्षको सेवाबाट अवकाश लिइसकेपछि बेलायतमा बस्दै आएका उनी एनआरएन यूकेमा स्थापनाकालदेखि नै आबद्ध रहँदै आएका छन् ।

Featured