देश

सिरिन्ज आक्रमण गरेको आरोपमा बनेपाका एक युवक पक्राउ

काठमाडो, २३ असार, युवतीमाथि सिरिन्जले हानेको आरोपमा बनेपाको चारदोबाटोमा एक युवकलाई त्यहाँका स्थानियहरुले नियन्त्रणमा लिई कुटपिट गरेका छन्। स्थानियहरुले उक्त स्थानियहरुले उक्त युवकलाई नियन्त्रणमा लिई कुटपिट गर्न लागेको बेलामा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले युवकलाई नियन्त्रणमा लिए सँगै स्थानियहरुले प्रहरी माथि नै आक्रोशित हुँदै आक्रमण गर्ने प्रयास गरेका थिए।

सरस्वती माध्यमिक विद्यालय स्याङ्गजा वालिङ्गका शिक्षक समेत रहेका खगेन्द्र पाठकलाई सिरिन्जले हानेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। काभे नमोबुद्ध नगरपालिका भकुन्डेका स्थायी बासिन्दा पाठक उक्त सरकारी स्कुलका विज्ञान विषयका शिक्षक हुन।

पक्राउ परेका पाठकले हालसम्म उक्त सिरिन्ज आक्रमणको जिम्मा भने लिएका छैनन्। प्रहरीले घटनामा उनको संलग्नता छ वा छैन भनी अनुसन्धान गरीरहेको बताएको छ। सिरिन्ज आक्रणमा परेकी यूवतीको बनेपा स्थीत मेमोरियल हस्पिटलमा उपचार नहुने भए पछि काठमाडौं शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको छ।