देश मनोरंजन

स्वस्तिमा खड्काद्वारा फिल्म फेस्टिबलमा फिल्म अवार्ड जित्न सफल

तस्बिर स्वस्तिमाको इन्स्टाग्रामबाट लिइएको।
काठमाडौं, असार २३

ग्याल्यामरस, बोल्ड एण्ड ब्यूटी नायिकाको रुपमा चिनिने नायिका स्वस्तिमा खड्काले श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा फिल्म ‘बुलबुल’ बाट बेस्ट परफर्मर अवार्ड जितेकी छिन्।

तस्बिर स्वस्तिमाको इन्स्टाग्रामबाट लिइएको।

नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले उक्त उपाधि हात पारेको जानकारी दिएकी छिन्।उनले उक्त अवार्ड नेपालको लागि भएको र आफ्नो ‘बुलबुल’ फिल्म टिम लाई समर्पित गरेको बताएकी छिन्।

यस अघि नायिका गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन्।सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए।