खेलकुद

कोपा अमेरिकाको उपाधि ब्राजिललाई

रियो डे जेनेरियो, असार २३, यो बर्षको कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ। उसले फाइनलमा पेरुलाई ३–१ ले हरायो। ब्राजिलको जितमा ग्याब्रिएल जेसस, एभर्टन र रिचार्लिसनले गोल गरेका हुन्।

खेलको दौरान दोस्रो पहेँलो कार्ड खाँदै ग्याब्रिएल जेसस मैदान छाड्न पनि बाध्य रहे। पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए।

ब्राजिलले कोपा अमेरिका जितेको १२ वर्षयता यो पहिलो पल्ट हो। कोपा अमेरिका कप फुटबलको उपाधि आयोजक ब्राजिलले जितेसँगै ब्यक्तिगत उपाधिमा पनि ब्राजिलका खेलाडीले बर्चस्व कायम गरेका थिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ब्राजिलका ड्याली आल्भेस भए। ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोभ पाए।

सर्वाधिक गोलकर्ताको पुरस्कार ब्राजिलकै एभर्टन र पेरुका पाउलो गुरेरले पाए । दुवैले तीन तीन गोल गरेका थिए । सर्वाधिक गोलकर्ता बनेका एभर्टनले युवा खेलाडीको पुरस्कार पनि हात पारे।

Featured