देश

अमेरिकामा ग्याँस सिलिण्डर विस्फोट, २० जना घाइते

असार २२, वासिङ्टन, सिन्ह्वा अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन्।

प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिनुभयो।

सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्वन्धी भिडियो हेर्दा घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ।घटनाकाबारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।