देश

फोहरमैला व्यवस्थापनका लागि कटहरीमा जनचेतनामुलक भित्ते लेखन

विराटनगर, कात्तिक ९–सरसफाईका क्षेत्रमा अभियाननै सञ्चालन गरेको परिवर्तनका लागि हातेमालेले मोरङको कटहरीमा जनचेतनामुलक भित्तेलेखन गरेको छ ।

प्रत्येक शनिवार सरसफाईका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको युवाहरुको संस्था परिवर्तनका लागि हातेमालो कटहरीले ४३ औँ हस्तामा आज शनिबार सरसफाईमा जनचेतना फैल्याउने उदेश्यले कटहरी बजार क्षेत्रमा भित्तेलेखन गरेको हो । सो संस्थाले प्रत्येक साता नियमित यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको अध्यक्ष संजित साहले जानकारी दिए ।

Featured