देश साहित्य

राष्ट्रकवि सम्मानित

काठमाडौं, कात्तिक ९–राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘मदनशीला स्रस्टा सम्मान २०७५’ बाट सम्मानित गरिएको छ । मदनशीला स्रष्टा प्रतिष्ठानले कवि घिमिरेलाई उहाँकै निवास पुगी सम्मान पत्रसहित नगद १ लाख १ हजारले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा संस्कृतिविद् सत्यमोहन जोशीले ८० वर्ष अघि त्रिचन्द्र क्याम्पसमा आफु पढ्दै गर्दा नेपाली भाषा अनुवादमा घिमिरेले काम गर्नुभएको जानकारी गराए । उनले १० वर्षसम्म आफुले नेपाली भाषा जान्दै नजानेको र पछि नेपाली भाषा पढ्न थालेपछि भानुभक्त रामायणको सुन्दरकाण्ड, बालकाण्डको अध्ययन गरेको बताए ।

यसैगरी राष्ट्रकवि माधवप्रसाद घिमिरेले हामी त देउराली भैसक्यौं हात्ति चढाए पनि पाति चढाए पनि कुरो उही हो, नयाँ पुस्ताले सिर्जनाको मुल फुटाउन तर्फ लाग्न अनुरोध गरे । मदनशीला स्रस्टा प्रतिष्ठानका अध्यक्ष बासुदेव त्रिपाठीको अध्यक्षतामा कार्यत्रम भएको थियो ।

Featured