देश

३३ हजार नगदसहित ७ जना जुवाडे पक्राउ

धनगढी, कात्तिक ९–कैलालीमा ३३ हजार नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १२ मा स्थानीय खगेन्द्र साउदले चलाएको होटलबाट ३३ हजार ८ सयसहित ७ जना जुवाडे पक्राउ परेका हुन् ।

साउद सहित सोही ठाउँका २५ वर्षीय अमृत विक, ३८ वर्षीय शंकर परियार, ३७ वर्षीय रामवहादुर आउजी, २८ वर्षीय रोहित बिसी, २९ वर्षीय सुरेश बडैला र अछाम साँफेवगर नगरपालिका–२ का २१ वर्षीय प्रकाश कुँवर पक्राउ परेका हन् ।

Featured