देश

सीटीईभीटीको गोप्य प्रतिवेदन : ’अहिलेकै संरचनामा कार्यक्रम सञ्चालन गर्न सकिन्न’

काठमाडौं, कात्तिक ९–प्राविधिक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण अड्डा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालको संरचनामा परिषद्का कार्यक्रम सञ्चालन गर्न नसक्ने देखिएको छ । परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला पारेको छ ।

सीटीईभीटीको सम्बन्धमा डा. रुद्र सुवालको प्रतिवेदनले परिषद्का कार्यक्रम विस्तार गर्न विद्यमान संगठन संरचना, जनशक्ति र साधन स्रोतको अभाव हुने निष्कर्ष निकालेको छ । परिषदमा स्थायी कर्मचारीभन्दा करार र अस्थायी कर्मचारी बढी छन् । अहिले परिषद् मातहत २ हजार ३० कर्मचारी छन् । जसमध्ये ९३२ जनाको स्थायी दरबन्दी छ । अन्य सबै करार र अस्थायी छन् ।

शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्दा राज्यको महत्वपूर्ण एवं प्राथमिकताका विषयमा केन्द्रित भई सञ्चालन नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured