विदेश

जापानमा १८ लाख अमेरिकी डलर बराबरको हिरा चोरी

एजेन्सी, कात्तिक ८–जापानको राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीको क्रममा १८ लाख अमेरिकी डलर बराबरको बहुमूल्य हिरा चोरी भएको छ । हिरा चोरी भएपछि जापानी प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए । योकोहामा सहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो । यो हिरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हिरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।

Featured