देश

कमल थापा चीन प्रस्थान

काठमाडौं, कात्तिक ८–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चीनतर्फ प्रस्थान गरेका छन् । आईटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आईटीएफ सेन्जेन सिनियर सर्किट २०१९ प्रतियोगितामा भाग लिन थापा चीनतर्फ प्रस्थान गरेका हुन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि चीन प्रस्थान गरेकी छिन् । थापा कात्तिक १४ गते नेपाल फर्किने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौंलाले जानकारी दिए ।

Featured