देश

एसिड हान्नेलाई फाँसीको सजाय माग गर्दै प्रधानमन्त्रीलाई मुस्कानको पत्र

काठमाडौं, कात्तिक ८–एसिड आक्रमणमा परेकी वीरगञ्जकी १६ वर्षीया मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्मिक चिट्ठी लेखेकी छिन् । चिट्ठीमा खातुनले आफूमाथि परेको असह्य पीडा अन्य कोही पनि नारीलाई नपरोस् भनेर कामना गरेकी छिन् ।

साथै, आफ्ना बाबुआमालाई परेकोजस्तो वेदना अरू कसैका आमाबुबालाई नपरोस् भनेर कामना गरेकी छिन् । मुस्कानले एसिड छ्याप्ने जोकोही अपराधीलाई फाँसीको सजाय होस् भनेर प्रधानमन्त्रीसमक्ष माग राखेकी छिन् । मुस्कानले कात्तिक ५ गतेको लखेको दुई पेज लामो पत्र निकै भावुक र संवेदनशील छ । उनको हात राम्रोसँग चलाउन गाह्रो परेकाले अक्षरहरू छरपस्ट भए पनि १ सय शब्दको चिठी लेखेकी छिन् ।

Featured