देश

पूजामाथि सामूहिक बलात्कार भएको ठहर

काठमाडौं, कात्तिक ८–सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुईजनालाई दोषी प्रमाणित गरेको छ। यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अदालत न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो।

सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ। इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ। मुलुकी अपराध संहितामा कुनै व्यक्ति कुनै कसुरमा अदालतबाट कानुनबमोजिम कसुरदार ठहर भइसकेको ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ।

सुरुमा जिल्ला अदालत बैतडीले भट्ट र अवस्थीविरुद्ध १३ वर्ष सजाय र जनही ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। जिल्ला अदालतले तोकेको सजाय र जरिवाना उल्टी गर्ने सर्वोच्चले आदेश गरेको छ। सर्वोच्चको सोही इजलासले एक महिनाभित्र सजाय निर्धारण गर्ने कानुनी व्यवस्था छ।

‘जिल्ला अदालतले ठहर गरेको कसुर सर्वोच्चले सदर गरेको छ। सजाय भने पुनः निर्धारण गर्नेछ। एक महिनाभित्र सोही इजलासले सजाय निर्धारण गर्नेछ’ सर्वोच्चका प्रेसविज्ञ किशोर पौडेलले भने।

Featured