देश राजनीति

रगतको नमुना दिन महरालाई आदेश

काठमाडौं, कात्तिक ८–महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीस सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।

प्रहरी अनुसन्धान अधिकृतले डीएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए । प्रहरीको मागबमोजिम डीएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश भएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले बताए ।महराले डीएनए परीक्षणका लागि नमुना दिन अस्वीकार गरेका थिए । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured